Wednesday, June 3, 2020

My tooth (मेरो दाँत )

    दाँतका कार्यहरु 

तपाईंको दाँतले बिभिन्न कामहरू गर्दछन्। तपाइँले खाँदै गर्दा तपाइँले तपाइँको खाना काट्न र चबाउन मद्दत गर्दछ। तिनीहरू तपाईंलाई कुरा गर्न र बिभिन्न आवाजहरू बनाउन मद्दत गर्छन्। उनीहरूले तपाईंको अनुहार पनि आकार दिन्छन्। 

१, खाने 

फाली दाँतहरु र कुकुर दाँतले टोक्ने 

उप बंगारा र बंगाराले चपाउने 

२. बोलि 

शब्दहरु स्पष्टसंग उच्चारण गर्न 

३, सुन्दरता 

४. दुधे दाँतले स्थायी दाँतका लागि स्थान ओगट्ने 


दाँतका विभिन्न प्रकारहरु, बनावट र दाँतको कार्य |
 

दाँत हाम्रो शरिरको एक अभिन्न अंग हो | हाम्रो वयस्क शरिरमा ३२ वटा दाँत हुन्छ | तर आजभोली ३२ वटा दाँतको सट्टा प्राय मानिसमा २८ वटा मात्र दाँत रहेको भेटिन्छ | त्यसतै बालबालिकाको मुखमा भने २० वटा मात्र दाँत रहेको हुन्छ जुन उमेरसंगै फेरिदैँ जान्छ |बालबालिकाको दाँत अथवा दुधे दाँतलाई Primary/ Deciduous teeth भनिन्छ भने वयस्कको दाँतलाई Secondary/ Permanent teeth भनिन्छ ।

दाँत नम्न प्रकारका हुन्छन् :

फाली दाँत (Incisors) : अगाडीको दाँतलाई फाली दातँ भनिन्छ । फाली दाँत २ किसिमको हुन्छ। पहिलो फाली दातँ (Central Incisor) र दोस्रो फाली दातँ (Lateral Incisor) ।

कुकुर दाँत (Canine) : हाम्रो मुखको कुनाको दातँलाई कुकुर दातँ भनिन्छ । कुकुर दातँको जरा सबै भन्दा लामो हुन्छ र यो दातँले मुखको पिल्लरको काम गर्दछ ।

उप – बंगारा (premolars): कुकुर दातँ पछीको दातँलाई उप – बंगारा भनिन्छ । उप – बंगारा २ किसिमका हुन्छन । पहिलो उप – बंगारा ( First premolar ) र दोस्रो उप – बंगारा ( Second Premolar )। तर उप – बंगारा बालबालीका को मुखमा भने हुदैन ।

बंगारा ( Molars ): सबभन्दा पछाडीको दाँतलाई बंगारा भनिन्छ । बंगारा ३ किसिमका हुन्छन । पहिलो बंगारा (First Molar ), दोस्रो बंगारा (Second Molar) र तेस्रो बंगारा/ बुध्दि बंगारा (Third molar/ Wisdom Teeth) । आजकाल बुध्दि बंगारा कमै मात्र मानिसको आएको हुन्छ । बुध्दि बंगारा बालबालिकाको मुखमा भने हुदैन ।

दाँतका विभन्न किसिमहरु। Image source: https://www.medicalnewstoday.com/articles/326754.php#types-of-teeth

दाँतको बनावट:

दाँतको ३ वटा भाग हुन्छ । Crown, Neck र Root (जरा)।

दाँतको देखिने भागलाई Crown भनिन्छ । Crown तिन पत्रले बनेको हुन्छ । Enamel, Dentin र Pulp। दाँतको बाहिरी पत्रलाई Enamel भनिन्छ । Enamel हाम्रो शरिरको सबैभन्दा बलियो भाग हो । Enamel को मुनिको भागलाई Dentin भनिन्छ भने, Dentin मुनिको भागलाई Pulp भनिन्छ । Pulp दाँत भित्र Pulp Chamber मा रहन्छ । Pulp मा नशा तथा रक्तनलि रहेको हुन्छ जसको माध्यमबाट दाँतले पोशकतत्व पाउँदछ । Pulp दाँतको जरा सम्मनै फैलिएको हुन्छ । जराको बाहिरी पत्रलाई Cementum भनिन्छ। दाँतको Neck भाग गिँजाले (Gums/ Gingiva in medical term) छोपेको हुन्छ भन‌े जरा हाम्रो बंगाराको हड्डी मा रहेको हुन्छ ।

दाँतको कार्यहरु:

  • हामीले खाएका खानेकुरालाई दाँतले चपाँउछ र पाचन कृयामा सघाउँछ ।
  • टम्म मिलेको दाँतले हामीलाई शुन्दरहुन सहयोग गर्दछ। यसले हाम्रो आत्मविश्वास बढाउँछ।
  • दाँतले शब्द उच्चाहरणमा सहयोग पुराउँछ । जस्तै :- ‘त’ ‘ध’ आदि ।
  • दुधे दाँतले वयस्क दाँतको लागि ठाउँ बनाउँदछ।
  • दाँत तथा मुखको अवस्थाले अन्य शारिरीक समस्या पहिचान गर्न सहयोग गर्दछ ।
  • Mass disaster को बेला दाँतले मृत शरिरको पहिचानमा सहयोग पुर्याउदछ ।

1 comment:

  1. Its too an ok destination that i tremendously savored perusing. Isn't actually day-to-day that provide the prospect to watch merchandise. Derma

    ReplyDelete

Oral health program- Okhaldhunga

Dental caries is one of the most prevalent childhood diseases in Nepal, especially in the young children. Most of the dental caries are not ...