Tuesday, May 12, 2020

दाँतका विभिन्न प्रकारहरु, बनावट र दाँतको कार्य |

दाँतका विभिन्न प्रकारहरु, बनावट र दाँतको कार्य |

दाँत हाम्रो शरिरको एक अभिन्न अंग हो | हाम्रो वयस्क शरिरमा ३२ वटा दाँत हुन्छ | तर आजभोली ३२ वटा दाँतको सट्टा प्राय मानिसमा २८ वटा मात्र दाँत रहेको भेटिन्छ | त्यसतै बालबालिकाको मुखमा भने २० वटा मात्र दाँत रहेको हुन्छ जुन उमेरसंगै फेरिदैँ जान्छ |बालबालिकाको दाँत अथवा दुधे दाँतलाई Primary/ Deciduous teeth भनिन्छ भने वयस्कको दाँतलाई Secondary/ Permanent teeth भनिन्छ ।

दाँत नम्न प्रकारका हुन्छन् :

फाली दाँत (Incisors) : अगाडीको दाँतलाई फाली दातँ भनिन्छ । फाली दाँत २ किसिमको हुन्छ। पहिलो फाली दातँ (Central Incisor) र दोस्रो फाली दातँ (Lateral Incisor) ।

कुकुर दाँत (Canine) : हाम्रो मुखको कुनाको दातँलाई कुकुर दातँ भनिन्छ । कुकुर दातँको जरा सबै भन्दा लामो हुन्छ र यो दातँले मुखको पिल्लरको काम गर्दछ ।

उप – बंगारा (premolars): कुकुर दातँ पछीको दातँलाई उप – बंगारा भनिन्छ । उप – बंगारा २ किसिमका हुन्छन । पहिलो उप – बंगारा ( First premolar ) र दोस्रो उप – बंगारा ( Second Premolar )। तर उप – बंगारा बालबालीका को मुखमा भने हुदैन ।

बंगारा ( Molars ): सबभन्दा पछाडीको दाँतलाई बंगारा भनिन्छ । बंगारा ३ किसिमका हुन्छन । पहिलो बंगारा (First Molar ), दोस्रो बंगारा (Second Molar) र तेस्रो बंगारा/ बुध्दि बंगारा (Third molar/ Wisdom Teeth) । आजकाल बुध्दि बंगारा कमै मात्र मानिसको आएको हुन्छ । बुध्दि बंगारा बालबालिकाको मुखमा भने हुदैन ।

दाँतका विभन्न किसिमहरु। Image source: https://www.medicalnewstoday.com/articles/326754.php#types-of-teeth

दाँतको बनावट:

दाँतको ३ वटा भाग हुन्छ । Crown, Neck र Root (जरा)।

दाँतको देखिने भागलाई Crown भनिन्छ । Crown तिन पत्रले बनेको हुन्छ । Enamel, Dentin र Pulp। दाँतको बाहिरी पत्रलाई Enamel भनिन्छ । Enamel हाम्रो शरिरको सबैभन्दा बलियो भाग हो । Enamel को मुनिको भागलाई Dentin भनिन्छ भने, Dentin मुनिको भागलाई Pulp भनिन्छ । Pulp दाँत भित्र Pulp Chamber मा रहन्छ । Pulp मा नशा तथा रक्तनलि रहेको हुन्छ जसको माध्यमबाट दाँतले पोशकतत्व पाउँदछ । Pulp दाँतको जरा सम्मनै फैलिएको हुन्छ । जराको बाहिरी पत्रलाई Cementum भनिन्छ। दाँतको Neck भाग गिँजाले (Gums/ Gingiva in medical term) छोपेको हुन्छ भन‌े जरा हाम्रो बंगाराको हड्डी मा रहेको हुन्छ ।

दाँतको कार्यहरु:

  • हामीले खाएका खानेकुरालाई दाँतले चपाँउछ र पाचन कृयामा सघाउँछ ।
  • टम्म मिलेको दाँतले हामीलाई शुन्दरहुन सहयोग गर्दछ। यसले हाम्रो आत्मविश्वास बढाउँछ।
  • दाँतले शब्द उच्चाहरणमा सहयोग पुराउँछ । जस्तै :- ‘त’ ‘ध’ आदि ।
  • दुधे दाँतले वयस्क दाँतको लागि ठाउँ बनाउँदछ।
  • दाँत तथा मुखको अवस्थाले अन्य शारिरीक समस्या पहिचान गर्न सहयोग गर्दछ ।
  • Mass disaster को बेला दाँतले मृत शरिरको पहिचानमा सहयोग पुर्याउदछ ।

1 comment:

  1. I enjoy your own personal distribute. It really is fantastic to ascertain someone describe inside terms inside the heart along with quality concerning this crucial matter could possibly be quickly seen. Endocrine System

    ReplyDelete

Oral health program- Okhaldhunga

Dental caries is one of the most prevalent childhood diseases in Nepal, especially in the young children. Most of the dental caries are not ...