Tuesday, May 12, 2020

दाँत किराले खाने समस्या के हो ??


हाम्रो शरिर तथा मुखमा आँखाले नदेखिने थुप्रै किटाणुहरु हुन्छन् जसलाई हामी Normal Microbial Flora भन्दछोैँ । यि किटाणुको हाम्रो शरिरमा महत्वपुर्ण भुमिका हुन्छ । यि किटाणुले हामीलाई स्वस्थ्य राख्न हाम्रो शरिरमा हुने बाहिरी किटाणुको आक्रमण बिरुद्ध लड्दछन् । त्यस्तै यि किटाणुले खाना पचाउने र हाम्रो शरिरमा रोग प्रतिरोधात्मक शक्ति विकास समेत गर्दछन् ।

सजिलो तरिकाले भन्नु पर्दा हामीले खाएको खानेकुरामा भएको कारबोहाइड्रेट (Carbohydrate) लाई यि किटाणुले अम्ल ( Acid ) मा परिवर्तन गर्दछन् र सोही अम्लले दाँतमा भएको खनिजतत्व संग रशायनिक प्रकृयाद्बारा प्वाल पार्दछ जसलाई हामी किराले खाएको वा Dental Cavity/ Dental Caries भन्दछोैँ । कारबोहाइड्रेट प्राय गुलियो खानेकुरामा बढी हुन्छ र सोही कारण गुलियो खानेकुरा बढी खाने मानिसमा दाँत किराले खाने समस्या बढी देखिन्छ । तर दाँत किराले खाने प्रकृया जटिल प्रकृया हो । हाम्रो मुखमा किटाणुले अम्ल बनाउने प्रकृयालाई मुखमा हुनेअरु शारीरिक प्रकृयाले सन्तुलन गर्दछ । यो सन्तुलन बिग्रिएमा दाँत किराले खाने प्रकृयासुरु हुन्छ ।

के दाँतमा साच्चिकै किरा हुन्छ ????

माथि उल्लेखित हाम्रो मुख तथा दाँतमा आँखाले नदेखिने किटाणु (Bacteria) हन्छन् । तर यदि कोसैले दाँतबाट किरा निकालिदिन्छु भन्छ र किरा निकालेर देखाँउछ भने त्यो केवल झुट हो र हामीलाई भ्रममा पार्नखोजिएको हो । मुख तथा शरिरको अन्य भागमा हुने यि किटाणुलाई नाङ्गो आँखाले देखिदैन र निकाल्न पनि सकिदैन ।

दाँत किराले खाने चरण:

Various stages of tooth decay. Image 

१) Incipient caries: दाँत किराले खाने सुरुवाती अवस्थामा अम्लले दाँतको बाहिरी सतहमा आक्रमण गर्दछ । यसको फलस्वरुप दाँतको बाहिरी रंग फुस्रो सेतो रंगमा परिणत हुन्छ । यो अवस्थालाई हामी सुरुवाती चरण अथवा Incipient caries भन्दछोैँ ।

२) Enamel Caries: यो चरणमा अम्लले पारेको प्वाल दाँतको बाहिरी पत्र अथवा Enamel मा सिमित रहन्छ ।

३) Dentinal Caries: यो चरणमा अम्लले पारेको प्वाल दाँतको भित्री पत्र अथवा Dentin सम्म फैलिसकेको हुन्छ । Dentin, Enamel भन्दा नरम हुने भएकोले यो भागबाट किराले खाने प्रकृया चाडो फैलिन्छ ।

४) Pulpitis: यो चरणमा दाँत किराले खाने प्रकृया दाँतको नशा अथवा Pulp सम्म फैलिसकेको हुन्छ । यो चरणमा दाँतको दुखाई सुरुभइसकेको हुन्छ ।

५) Periapical abscess: Pulpitis को उपचार नगरेको खण्डमा दा‌ँतको जराको वरिपरी पिप जम्दछ। यो चरणको उपचार नगरेमा संक्रमण मुख तथा अनुहारको अन्य भागमा फैलिन सक्दछ। साथै अन्य समस्या जस्तै Cyst पनि निम्त्याउन सक्दछ ।

दाँत किराले खाएको लछ्यणहरु के के हुन त???

  • दाँतको कुनै पनि भागमा सेतो, कालो वा खैरो दाग देखिनु।
  • दाँतमा प्वाल पर्नु ।
  • दाँतमा खाने कुरा अड्किनु ।
  • दाँत सिरिङ्ग हने समस्या हुनु ।
  • तातो चिसो खाँदा दाँत दुख्नु ।
  • बिनाकारण बिस्तारै वा बेस्करी दाँत दुख्नु ।

दाँत किराले खाएको उपचार के हो त ??

Filling of decayed tooth. Image source: https://www.progressivedentalartsde.com/fillings/

दाँत किराले खाएको उपचार भनेको दाँत भर्ने हो । किराले खाएको भाग नशा (Pulp) सम्म नपुगेको अवस्थामा सामान्य भर्दा ठिक हुन्छ । यदि किराले खाएको भाग नशा सम्म पुगेको छ भने त्यसतो दाँतलाई जरा देखि उपचार गरेर खोल हाली बचाउन सकिन्छ । कुनै कुनै अवस्थामा किराले खाएको दाँत बचाउन नसकिने पनि हन्छ । त्यसतो दाँतलाई फुकालेर अर्को दाँत राख्नु पर्दछ ।

दाँत किराले खान नदिन के गर्ने ???

  • दिनको दुइ पटक फ्लोराईड युक्त मन्जनले (Fluoridated toothpaste) दाँत माझ्ने ।
  • दुई दाँतको बिचको भागलाई डेण्टल फ्लस (Dental Floss) वा इन्टर डेण्टल ब्रश (Inter-dental brush) ले सफा गर्ने ।
  • खानेकुरा खाइसके पछि नियमितरुपमा कुल्ला गर्ने ।
  • सन्तुलित भोजन खाने ।
  • गुलियो खानेकुरा सकभर कम खाने ।
  • नियमीत दन्तचिकित्सक कहाँ गएर दान्त परिछ्ण गराउने ।

1 comment:

  1. I enjoy every one of the posts, I must say i adored, I want more details with this, mainly because it is rather excellent., Thanks pertaining to speaking about. Baby Milk

    ReplyDelete

Oral health program- Okhaldhunga

Dental caries is one of the most prevalent childhood diseases in Nepal, especially in the young children. Most of the dental caries are not ...