Skip to main content

Posts

Showing posts with the label Treatments and Procedures

कृतिम दाँतद्वारा दाँत प्रतिस्थापन (Tooth replacement with Partial Denture)

दाँत निकालेको ठाउँमा कृतिम दाँत किन राख्नुपर्छ  ? चपाउन र सुन्दरता प्राथमिक कारणहरु हुन् भने अर्को कारण यो हो कि दाँत निकाले पछि छेउको  दाँतहरुमा बढी तनाव गराउन सक्छ। अन्तत यसले तपाईंको "काटने"  छ्यमतालाई पनि असर गर्न सक्दछ, किनकि निकालिएको ठाउँको छेउको दाँतले खाली ठाउँमा झुक्न सक्छ र माथिल्लो र तल्लो दाँतले टोक्ने तरिका बदल्न सक्छ। साथै यसले त्यसपछि खाना फस्ने समस्या निम्त्याउँछ, जसले दाँत किरा लाग्ने र गम (gum )रोग निम्त्याउँछ।

दाँतको जरै देखि भर्ने उपचार (Root Canal treatment-RCT) के हो?

दाँतको जरै देखि भर्ने उपचार (RCT ) के हो? दाँतको देखिने भागलाई Crown भनिन्छ । Crown तिन पत्रले बनेको हुन्छ । Enamel, Dentin र Pulp। दाँतको बाहिरी पत्रलाई Enamel भनिन्छ ।  Enamel को मुनिको भागलाई Dentin भनिन्छ भने, Dentin मुनिको भागलाई Pulp भनिन्छ । Pulp मा नशा तथा रक्तनलि रहेको हुन्छ जसको माध्यमबाट दाँतले पोशकतत्व पाउँदछ । Pulp दाँतको जरा सम्मनै फैलिएको हुन्छ ।  संक्रमणको शुरुवाती चरणहरूमा तपाईलाई कुनै पीडा नहुन सक्छ। Pulp मा संक्रमण फैलिएको अवस्थामा PULP निकालेर जराको नहर भर्ने विधिलाई RCT वा Root Canal Treatment भानिन्छ।   https://nhakhoaminhkhai.net/endodontic-treatment-minh-khai-dental-clinic/ दाँतको जरै देखि भर्ने उपचार (RCT )   को आवश्यकता किन ? यदि पल्प संक्रमित भयो भने, संक्रमण दाँतको जरामा फैलिन सक्छ र गम्भीर पीडा हुन सक्छ। यो अन्ततः पिप जमेर सुनिन्न सक्छ। यसले  दाँत वरिपरिको भाग सुनिन्नका साथै अनुहारको infection पनि निम्त्याउँछ।  यदि RCT  गरिएन भने, संक्रमण फैलिनेछ र दाँत निकाल्न आवश्यक पर्दछ।

School Oral health program

Dental caries is one of the most prevalent childhood diseases in Nepal, especially in the young children. Most of the dental caries are not treated because of the lack of knowledge or unavailability of the services which leads to pain and eventually leads to tooth loss. This has bad impact on the quality of life of school children and further when they become adults.