IMPACTED बुद्धि बंगारा (Impacted third molar tooth) OR Impacted wisdom tooth
IMPACTED बुद्धि बंगारा भनेको त्यो दाँत हो जुन पूर्ण वा आंशिक रूपमा अव्यवस्थित हुन्छ र अर्को दाँत, हड्डी वा नरम टिश्युले ढाकेको हुन्छ। यस्तो दाँतको पूर्णरुपले उम्रने सम्भावना हुँदैन। यी दाँत सामान्यतया १७ देखि २५ बर्ष उमेरको बीचको उम्रने गर्दछन्। बुद्धि बंगारा आउँदा त्यस वरिपरिका गिंजामा खान अड्किएर वा सफाई नपुगेर संक्रमण हुन सक्छ। त्यस्तो अवस्थालाई PERICORONITIS भानिन्छ। अन्वेषकहरूले सुझाव दिएका छन् कि पुरुषको तुलनामा महिलाहरुमा बुद्धिबंगारा IMPACTION को प्रभाव बढी हुन्छ।